Thu. Mar 28th, 2024

बलिउडको बहुप्रतिक्षित चलचित्र ‘उड़ता पंजाब’को पहिलो पोष्टर रिलिज गरिएको छ । सार्वजनिक पोष्टरमा साहिद कपूर, करीना कपूर, आलिया भट्ट र पन्जावका चर्चित गायक दिलजीत दोसांझ अटाएका छन् । चलचित्रमा लामो समय पछि नायक साहिद कपूर र करीना कपूर सँगै देखिदै छन् ।

udta-punjab-630x556

चलचित्र ‘जव वी मीटमा’ सँगै काम गरेसँगै यो जोडीको ब्रेक अप भएको थियो । ब्रेक अप पछि यो जोडी सँगै काम गर्न मानिरहेका थिएनन् । पुर्णतया प्रेमकथामा आधारित यस चलचित्रमा पन्जावमा हुने ड्रग माफियाको बिषयलाई पनि गंभिर रुपले उठाईएको छ । चलचित्रलाई अभिषेक चौबेले निर्देशन गरेका हुन् ।

%d bloggers like this: