Fri. Apr 19th, 2024

स्वर्गीय निर्देशक आलोक नेम्वाङद्धारा निर्देशित अन्तिम चलचित्र अझै पनिको मंगलबार राजधानीको सिटी सेन्टरमा रहेको बिग सिनेमाहलमा भब्य प्रिमियर शोको आयोजना गरिएको छ । चलचित्र अझै पनिको प्रिमियर शोमा नेपाली म्युजिक भिडियोका प्रथम म्युजिक भिडियो निर्देशक एवं बरिष्ठ संगितकार शम्भुजित बाँस्कोटालाई विषेश सम्मान समेत गरिएको थियो । केहि दिन अगाडी मात्र घोषणा गरिएको स्वर्गीय निर्देशक आलोक नेम्वाङको नाममा स्थापना भएको ‘ट्रष्ट आलोक’को नामबाट संगितकार शम्भुजित बाँस्कोटालाई विषेश सम्मान गरिएको हो ।

‘ट्रष्ट आलोक’ संरक्षक ‘पुनम इन्टरटेनमेन्ट’को तर्फबाट चलचित्र अझै पनिकी निर्मात्री पुनम गौतम र स्व.नेम्वाङको आमाले सयूक्त रुपमा संगीतकार शम्भुजित बास्कोटालाई सम्मान गरेका थिए । सम्मानपछि कार्यक्रममा बोल्दैं शम्भुजित बाँस्कोटा आफुले आलोकको नाममा सम्मान हुन पाउँदा निकै खुसी लागेको बताए । आलोक जस्तो हुनाहार व्यक्तिलाई कसैले पनि स्वर्गीय नभन्दिन आग्रह समेत गरेका बाँस्कोटाले अगाडी भने -‘आलोक हामी सगँ सधै जिवित रहन्छन् र रहेका छन् ।’ त्यस्तै कार्यक्रममा चलचित्रका नायक एवं निर्माता सुदर्शन थापाले चलचित्र एकपटक सबैले हलसम्म गएर हेरिदिन आग्रह गरे ।

aajai pani 1

सोहि क्रममा चलचित्रकी निर्माता एवं ‘ट्रष्ट आलोक’की संरक्षक पुनम गौतमले चलचित्र अझै पनि सबै दर्शकले एक पटक चलचित्र हलमा गएर हेरिदिन आग्रह गदैं भनिन् -‘ चलचित्र राम्रो नराम्रो जे भएपनि सल्लाह सुझाब दिनुहोला ।’ आफ्नो पहिलो प्रयासलाई सबैले साथ दिने अपेक्षा समेत पुनमले राखेकी थिइन । चलचित्रको भब्य प्रिमियर शोमा नेपाली सिनेनगरिका चर्चित कलाकारहरु,निर्देशक,निर्माता,पत्रकारहरुको भब्य उपस्थिति रहेको थियो । चलचित्र अझै पनि हेरेपछि उपस्थित सबैले चलचित्रको उत्कृष्ट तारिफ समेत गरेका छन् । कथावस्तु देखी कलाकारको अभिनय अब्बल रहेको सहभागीहरुले बताएका थिए ।

त्यस्तै स्वर्गीय निर्देशक आलोक नेम्वाङको निर्देशनलाई पनि सबैले तारिफ गरेका थिए । फागुन १५ गतेबाट देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र अझै पनिलाई सुदर्शन थापा प्रोडक्शनको प्रस्तुती तथा पुनम इन्टरटेनमेण्टको ब्यानरमा सुदर्शन थापा र पुनम गौतमले संयुक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रमा सुदर्शन थापा, पूजा शर्मा, सुरक्षा पन्त, विजय लामा, प्रमिला खनाल, विपना धिमाल लगायतका कलाकारको अभिनय छ ।

%d bloggers like this: