Thu. Apr 25th, 2024

विज्ञापन कम्पनी वर्ल्ड भिजन एड्भर्टाइजिङको गद्धारीले गर्दा नेपाल टेलिभिजनबाट हरेक साता प्रशारण हुने दुई हाँस्य टेलिफिल्म ‘जिरे खुर्सानी’ र ‘भद्रगोल’ अनिश्चित कालका लागि बन्द भएका छन् । वर्ल्ड भिजन एड्भर्टाइजिङकै मातहतमा रहेको अर्को कार्यक्रम हरेक शनिबार साप्ताहिक रुपमा प्रशारण हुने फिल्म शो पनि अनिश्चित कालको लागि बन्द भएको छ । श्रोतका अनुसार वर्ल्ड भिजन एड्भर्टाइजिङले सिद्धार्थ बैङ्कमा तीन कार्यक्रमका लागि राखेको पाँच करोड ८६ लाख बराबरको धितो रकम नक्कली सावित भएपछि वर्ल्ड भिजनका मालिक दिनेश श्रेष्ठ हनुमान ढोकामा पुगेका छन् ।

jire_khursani_an_bhadragol

यही काण्डमा नेपाल टेलिभिजनका व्यापार महाशाखा प्रवद्र्धक पवन माण्डव्य र आर्थिक महाशाखा प्रमुख राजन श्रेष्ठलाई पनि टेलिभिजनबाट पन्ध्र दिनको लागि निलम्बन गरिएको श्रोत बताउँछ । महाशाखा प्रवद्र्धक र आर्थिक महाशाखा प्रमुखको मिलेमतोमा वल्र्ड भिजनको हिसाब किताब टेलिभिजनसँग समयमै पारदर्शी हुन नसकेको श्रोत बताउँछ । ‘जिरे खुर्सानी’ लामो समयदेखि प्रशारण हुँदै आएको कार्यक्रम हो भने ‘भद्रगोल’ पछिल्लो समयको हिट हास्यव्याङ्ग्य कार्यक्रम हो । विज्ञापन कम्पनीको गद्धारीले अनिश्तिकालका लागि रोकिएका जिरे खुर्सानी र भद्रगोल पुनः प्रशारणमा ठूलै समय लाग्ने र सहज नहुने बताइन्छ । मिडिया हबसँगको रकम लफडाका कारण केही महिना अघि चर्चित हाँस्य सिरियलहरु ‘तितो सत्य र मेरी बास्सै’ पनि रोकिएका थिए ।

%d bloggers like this: