Fri. Mar 29th, 2024

दीपिका पादुकोण बलिउडमा सबैभन्दा बढी कमाउँने हिरोइन् भएकी छन्। वर्ष २०१४ मा केही सुपरहिट फिल्म खेलेकी दीपिकाले आफ्नो रेट समेत बढाएकी थिइन्। उनलाई उत्पादन ब्राणडहरुले पनि मागे अनुसारको रकम दिए पछि उनी बलिउडमा सबैभन्दा बढी कमाउने हिरोइन् भएकी हुन्।

dipika

भारतीय सञ्चार माध्यमहरूले जनाएअनुसार एक कोल्ड ड्रिंक कम्पनीले विज्ञापनको लागि उनलाई ६ करोड रकम दिएको छ। यस्तै उनले खेल्ने हरेक फिल्मबाट ८ देखि ९ करोड पारिश्रमिक लिने गरेकी छन्। यी सबै मिलाउँदा दीपिकाको हालको कमाई करीब ७० करोडको नजिक रहेको जनाइएको छ।

%d bloggers like this: