Thu. Apr 25th, 2024

चिनियाँ नयाँ बर्षको अबसर पारेर नेपालको एनसेल र मलेसियाको डीजी टेलिकमको सहकार्यमा मलेसियाको क्वालालम्पुर, पेनाङ र जोहोरबाहरु गरी तीन शहरुमा आयोजना गरिएको सांगीतिक कार्यक्रममा नेपालका चर्चित कलाकारहरुले धुम मच्चाएका छन् । हजारौंको संख्यामा उपस्थित दर्शकहरुले नेपाली कलाकारहरुलाई ‘वान्स मोर’ भन्दैं साथ दिएका थिए ।

11020417_421592514665800_368103613_n

उक्त कार्यक्रममा सहभागी हुन केहि दिन अगाडी मात्र नेपालबाट हाँस्यकालकार दीपकराज गिरी र दीपाश्री निरौला, नायिका प्रियंका कार्की, गायक शिव परियार, खुमन अधिकारी र गायिका सुनिता दुलाल गएका थिए । सोहि कलाकारहरुले मलेसियामा बसोबास गर्ने नेपालीहरुलाई भरपुर मनोरञ्जन दिएका थिए । चिनियाँ नयाँ बर्षको लामो बिदा भएकाले धेरैजसो नेपाली श्रमिकहरु पायक पर्ने ठाउँमा कार्यक्रम हेर्न पुगेका थिए । हजारौंको संख्यामा उपस्थित दर्शकलाई देखेर नेपाली कलाकारहरु निकै उत्साहित भएका थिए ।

%d bloggers like this: