Thu. Apr 25th, 2024

हलिउड,बलिउडमा मात्र नभएर नेपालमा समेत सफल चलचित्रको सिक्वेल निर्माण गर्ने क्रम विस्तारै विस्तारै रामैसँग सुरु भएको देखिन्छ । त्यहि क्रममा सुपरहिट फिल्म बाटो मुनिको फूलको सिक्वेल बाटो मुनिको फूल २ को छायांकन पनि सुरु भएको छ । पूर्वी नेपालको झापाबाट यो चलचित्रको छायांकन सुरु गरिएको हो । चलचित्रको करिब ९० प्रतिशत छायांकन झापाकै विभिन्न स्थानमा गरिने निर्माता तथा कलाकार यश कुमारले बताए । करिब १० प्रतिशत छायांकन भने काठमाण्डौमा गरिनेछ । चलचित्रलाई सुवर्ण थापाले निर्देशन गर्दैछन् ।

bato-muniko-phool

यसअघि ‘बाटो मुनिको फूल’को निर्देशन सुरज सुब्बा ‘नाल्बो’ले गरेका थिए । चलचित्रमा यस कुमार , बाबु बोगटि , रिचा शर्मा , दिलिप रायमाझी , आशिष्मा नकर्मि , रिमा बिश्वकर्मा , गणेश उप्रेती , सुभद्रा अधिकारी , टिका पहाडि लगायतका कलाकारको अभिनय रहने छ । फिल्ममा मानकृष्ण नकर्मीको छायांकन, यश कुमार र बाबु बोगटीको संगीत, चन्द्र पन्तको द्धन्द्ध, गोविन्द प्रभातको नृत्य रहने छ । करिब ४० दिनमा चलचित्रको छायांकन सक्ने योजना निर्माणपक्षको छ । फिल्मको बिषयमा केहि दिन भित्रमा नै पत्रकार भेट्घाट कार्यक्रम गरी जानकारी गराउने नायक तथा निर्माता यस कुमारले जानकारी दिएका छन् ।

%d bloggers like this: