Sat. May 4th, 2024

नेपालका तत्कालिन प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको कृति ‘तिन घुम्ती’ मा आधारित भएर निर्माण भएको चलचित्र तिन घुम्तीको सम्पुर्ण छायांकन सकिएको छ । अब चलचित्रको सम्पादन कार्य सुरु हुने चलचित्रका निर्देशक बाबुराम ढकालले जानकारी दिए । लामो समयको होमवर्कपछि चलचित्रको छायांकन सुरु गरिएको तिन घुम्तीमा ध्रुव दत्त र गरिमा पन्त मुख्य भुमिकामा रहेका छन् ।

thi

चलचित्रमा ‘पिताम्बर’ नामक पात्रको भूमिकामा ध्रुव देखिन लागेका छन् । चलचित्रमा गरिमा पन्त ‘इन्द्रमाया’को भुमिकामा देखिदैंछिन् । चलचित्रको ८० प्रतिशत छायांकन बन्दीपुरमा गरिएको थियो । चलचित्रमा सामिप्य तिमिल्सिनाको पटकथा तथा संवाद, बसन्त सापकोटाको संगीत, डाक्टर कृष्णहरी बरालको गीत रहेको छ ।

%d bloggers like this: