Mon. Apr 29th, 2024

२०६५ सालमा प्रदर्शनमा आएको सुपरहिट चलचित्र ‘कहाँ छौं कहाँ’को सिक्वल निर्माण हुने भएको छ । चलचित्रका निर्माता गोविन्द शाहीले ‘कहाँ छौं कहाँ’को सिक्वेल निर्माण गर्ने घोषणा गरेका छन् । मनोरञ्जनसंसार डटकमसँग कुराकानी गदैं निर्माता गोविन्द शाहीले हाल चलचित्र ‘कहाँ छौं कहाँ २’ को कथा लेखन कार्य भइरहेको जानकारी दिए । २०७२ सालको पहिलो महिना अर्थात बैशाखको पहिलो साताबाट चलचित्रको छायांकन हुने निर्माता शाहीले बताए । चलचित्र ‘कहाँ छौं कहाँ २’ को लागी हाल कलाकार छनोट गर्ने काम भइरहेको र चलचित्रमा ५ नायक र ३ नायिका रहने पनि शाहीले जानकारी दिए ।

kaha-chhau-kaha11

चलचित्रमा निर्माता गोविन्द शाहीको पनि मुख्य भुमिका रहने छ । ‘कहाँ छौं कहाँ’ चलचित्रबाट नेपाली चलचित्रक्षेत्रमा नायक,निर्माता एवं चलचित्र वितरक भएर प्रवेश गरेका गोविन्द शाहीले कहाँ छौं कहाँ २ आफ्नो लागी महत्वकांक्षी चलचित्र रहेको पनि बताए । ‘कहाँ छौं कहाँ २’ का लागी सिक्सप्याक बनाउदैं गरेको रहस्य खोल्दै गोविन्द शाही भन्छन् -‘अहिले सम्म मैले बनाएका चलचित्र भन्दा ‘कहाँ छौं कहाँ २’ निकै फरक रहने छ ।’ एक्शन र प्रेमकथामा आधारित भएर निर्माण हुन लागेको चलचित्र ‘कहाँ छौं कहाँ २’ को लागी ३ महिना वर्कशप गरेर मात्र फ्लोरमा जाने गोेविन्द शाहीले जानकारी दिए । तपाईलाई याद रहोस कि चलचित्र ‘कहाँ छौं कहाँ’मा नायक विराज भट्ट,नायिका झरना थापा र निर्माता एवं नायक गोविन्द शाहीको मुख्य भुमिका रहेको थियो ।

%d bloggers like this: