Mon. Apr 29th, 2024

नेपाली चलचित्रक्षेत्रमा आफुलाई एक्शन हिरोको रुपमा परिचय बनाएका नायक शिव श्रेष्ठलाई अब पर्दामा नकारात्कम पात्रको भुमिकामा देखिने भएको छ । चिरायु फिल्मस्को ब्यानरमा दिपेन्द्र कोइराला र शर्मिला गुरुङले निर्माण गरेको चलचित्र ‘एक्सन’मा शिव भ्रष्टाचारी मन्त्रीको रुपमा देखिदैछन् । यस चलचित्रको हाल छायांकन अन्तिम चरणमा पुगेको बताइएको छ । करिब ९० प्रतिशत छायांकन सकिसकेको निर्माणपक्षले जानकारी दिएको छ । यो चलचित्रमा राजु अर्यालको लेखन तथा निर्देशन छ ।

action-film

फिल्म ‘एक्सन’मा शिवका साथमा दिपेन्द्र कोइराला, प्रमोद दीप, जेनिषा केसी, रक्षा गुरागाईं, राज थपलिया, कसम गुरुङ, दिनेश घिमिरेलगायलते अभिनय गरेका छन् । देशको बिग्रंदो राजनैतिक अवस्था तथा बढ्दो भ्रष्टाचारको कथामा निर्माण भईरहेको फिल्ममा शिव श्रेष्ठले एउटा भ्रष्टाचारी मन्त्रीको भूमिकामा अभिनय गरेका छन् । फिल्ममा राजु अर्यालको गीत, प्रल्हाद बोगटीको संगीत, गोविन्द प्रभातको नृत्य, कुमार महर्जनको द्धन्द्ध र छायांकन रविन्द्र बरालको रहेको छ ।

%d bloggers like this: