Tue. Apr 16th, 2024

बलिउड अभिनेत्री प्रीति जिन्टाले क्रिकेटर युवराज सिंहसँगको आफ्नो प्रेम सम्बन्ध नरहेको बताएकी छन् । प्रीतिले सामाजिक सञ्जाल ट्वीटर मार्फत यस्तो कुरा बताएकी हुन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेकी छिन् -‘म र क्रिकेटर सिंहबीच प्रेम सम्बन्ध छैन,बाहिर आएका कुरा सबै हल्ला र झुटा मात्र हुन् ।’ उनले अगाडी लेखेकी छिन् -‘क्रिकेटर सिंह मेरो निकै नजिकको साथी हो तर हामीविच प्रेम सम्बन्ध भने छैन ।’

preeti-and-ubi

अभिनेत्री प्रीतिले ट्वीटरमा क्रिकेटर सिंहसँग आफू कहिल्यै प्रेम सम्बन्धमा नरहेको र त्यसबारेमा सोच्दा पनि नसोचेको भनेर लेखेकी छन् । उनले इन्टरनेशनल बिजनेश टाइम्स प्रत्रिकाको नाम नै उल्लेख गरेर भ्रामक खबरको पछि नलाग्न आग्रह गरेकी छन् । पत्रिकाले प्रीति र सिंहबीच प्रेम सम्बन्ध रहेको र उनीहरु एक अर्कासँग निकै नजिक रहेको भन्दै खबर छापेको थियो ।

%d bloggers like this: