Wed. Apr 24th, 2024

८ वर्षिय नेपाली निर्देशक सौगात विष्टले गिनिज वुक अफ वल्र्ड रेकर्डस्मा विश्वकै कान्छा निर्देशकको रुपमा नाम लेखाउन सफल भएसगैं यति बेला सौैगातलाई बधाई र शुभकामनाको ओहिरो लागीरहेकोे छ । सन् २००७ जनावरी ६ तारिखमा जन्मिएका सौगातको उमेर फिल्म ‘लभ यू बाबा’ निर्देशन गर्दा ७ वर्ष ३ सय ४० दिनको थियो ।

८ बर्ष नपुग्दैं चलचित्र निर्देशन गरेको भन्दैं गिनिज वुकले सौगातलाई विश्वकै कान्छा निर्देशकको रुपमा प्रमाणपत्र दिएकोे थियो । आज राजधानीमा एक काार्यक्रमका बिच नेपाल सरकार,सुचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले औपचारिक रुपमा सौगातलाई उक्त गिनिज वुक अफ वल्र्ड रेकर्डस्को प्रमाणपत्र प्रदान गरेका थिए । नेपालीको शिर विश्वमाझ उच्च राखेको भन्दैं सौगातलाई मन्त्री रिजालले शुभकामना पनि दिए ।

saugat-bista

प्रमाणपत्र लिएपछि कार्यक्रममा बोल्दै ८ बर्षिय निर्देशक सौगात विष्टले फिल्म ‘लभ यू बाबा’ हेर्न दर्शक हलसम्म नगएकोमा दुःख व्यक्त गरे । उनले भने, ‘आज खुशीको दिनमा यस्तो दुःखको कुरा गर्न त नहुने हो तर पनि मलाई दुःखको कुरा गर्न मन लाग्यो ।’ आफुले सोचेअनुसार दर्शक हलमा गएर चलचित्र नहेरिदिएपनि सबैले आफुलाई धेरै माया गरेको पनि सौगातले बताए । सौगातले भावुक मुद्धामा अगाडी भने सायद मेरो दर्शकहरुलाई मैले चलचित्र निर्देशन गरेको भन्ने पत्यार लागेन होला अब एकपटक चलचित्र लब यू बाबा हेरिदिन सौगातले आग्रह समेत गरे ।

नायक गजित बिष्टका छोरा सौगातले भारतीय एक वालक निर्देशकको रेकर्ड तोडेका छन् । यसअघि विश्वकै कान्छा निर्देशकको नाम गिनिज बुकमा भारतिय बाल निर्देशकको नाम थियो । फिल्म ‘लभ यू बाबा’ मा अभिनेता गजित विष्ट र छोरी संगमको शिर्ष भूमिका रहेको छ । सँगै निश्मा घिमिरे, निर्मल शर्मा, अशिस्मा नकर्मी लगायतको पनि फिल्ममा अभिनय छ ।

%d bloggers like this: