Sun. May 5th, 2024

आउदो बैशाख ११ गते देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘रेशम फिलिली’ को ३० सेकेण्ड छोटो टिजर रिलिज भएको छ । टिजरमा फिल्मका मुख्य तीन पात्र विनय श्रेष्ठ , मेनुका प्रधान र कामेश्वर चौरासिया लगायत देखिएका छन् । ‘रेशम फिलिली’को सार्वजनिक टिजर निकै कमेडी देखिएको छ । यसभन्दा अघि सार्वजनिक गीत तिमी र म घुम्न जाउनले उत्कृष्ट प्रतिक्रिया बटुलेको थियो ।

Resham-Filili-630x232

भी मोसन पिक्चर्सको व्यानरमा तयार भएको चलचित्र ‘रेशम फिलिली’ नेपालमा प्रदर्शन हुनुभन्दा अगाडी नै बेलायत र अमेरिकामा बिक्री भइसकेको छ । प्रणव जोशी निर्देशित चलचित्रमा विनय, मेनुका प्रधान, कामेश्वर चौरासिया लगायतको अभिनय छ । यसअघि चलचित्र ‘भिजागर्ल’ को निर्माण गरेका विनयले यस चलचित्रमा लगानी रहेको छ ।

%d bloggers like this: