Sat. Apr 20th, 2024

करिब १२ बर्षपछि चलचित्र निर्माण कार्यमा जुटेकी नायिका करिश्मा मानन्धरको लगानीमा निर्माण भएको चलचित्र फागुको हाल धमाधम छायांकन भइरहेको छ । करिश्माले निर्माण  गरेको यो तेस्रो चलचित्र हो  । यसअघि चलचित्र ‘कस्तुरी, ढुकढुकी र बाबुसाहेब’ बनाएकी नायिका करिश्मा मानन्धरले चलचित्र फागु हालसम्म आफुले अभिनय गरेको चलचित्र देखी हालसम्म निर्माण गरेको चलचित्र भन्दा धेरै फरक रहेको बताएकी छिन् । फिल्मको छायांकन ललितपुरको गोदावारी देखी सुरु भएको करिश्माले जानकारी दिइन ।

fagu

केहि दिन भित्रमा नै चलचित्रको छायांकन विरजंगमा हुनेछ । चलचित्रमा गौरी मल्ल, बसन्त भट्ट, राजेश हमाल, शिल्पा पोख्रेलको साथमा नव-कलाकार सुवास पराजुलीको मुख्य भूमिका रहनेछ । चलचित्रको निर्देशक संझना रौनियारले गरिरहेकी छिन् । चलचित्रमा हिमाल केसीको एक्सन, विपिन मल्लको सम्पादन, कमल राइको नृत्य निर्देशन, रामशरण उप्रेतीको छायांकन रहनेछ ।

%d bloggers like this: