Tue. Apr 23rd, 2024

बलिउडको इतिहासमै सबैभन्दा लामो समयसम्म चलेको चलचित्र ‘दिल्वाले दुल्हनियां ले जायंगे’ २० बर्षपछि हलबाट उत्रिएको छ । शाहरुख खान र काजोल अभिनित चर्चित हिन्दी फिल्म ‘दिलवाले दुल्हनिया ले जाएङ्गे’ लगातार एक हजार नौ हप्तासम्म मुम्बर्इको एक हलमा चलेको थियो । एक हजार नौ हप्पतासम्म हाउस फुल भएर चलेको उक्त फिल्म बुधवारबाट मुम्बईको मराठा चलचित्र मन्दिरबाट उत्रिएको हो । उनीहरुले बिहान ९ बजे चलचित्रको शो राख्न आग्रह गरेका थिए ।

ddlj

यस्तै, जम्मा एक शोका कारण धेरै मानिसहरुलाई अतिरिक्त काम समेत गर्नुपरेको गुनासो आएको थियो । यही कुरालाई मध्यनजर राख्दै यशराज ब्यानर र मराठा मन्दिरले यो चलचित्रको शो बन्द गर्ने निर्णय गरेका हुन् । भारतीय फिल्मी इतिहासमा कुनै फिल्म लगातार लामो समयसम्म देखाइको रेकर्ड पनि यसले राखेको छ । मराठा चलचित्र मन्दिरको व्यवस्थापन पक्षले यो फिल्म दर्शक हाउसफुल हुन्जेल नहटाउने अडान लिएको थियो । यो फिल्मलार्इ यशराज फिल्म्स र मराठा चलचित्र मन्दिर दुबैपक्षको सहमतिमा हटाउने निर्णय लिएका हुन् ।  चलचित्रलाई आदित्य चोपडाले निर्देशन गरेका हुन् ।

%d bloggers like this: