Thu. Mar 28th, 2024

नयाँबजारस्थित शान्तिवनमा जारी ‘जंगल फेस्टिभल’मा मनोरञ्जनसँगै अध्ययनको लागि आउनेहरुको संख्या बाक्लिँदै गएको छ । जंगलका बोटविरुवा, जनावर र जंगलमा बस्ने जाति राउटेको विषयमा जान्नेहरुको लर्को लाग्ने गरेको आयोजकले बताएको छ । जंगलको बारेमा जानकारी दिनका लागि विभिन्न विद्यालयहरुले विद्यार्थीहरुलाई फेस्टिभलमा ल्याउने गरेका छन् । मनोरञ्जनसँगै अध्ययनको लागि आउनेहरुले फेस्टिभलमा लोकदोहोरी र सर्कस काठमाण्डौको प्रस्तुतीलाई निकै मनपराएका छन् । विश्वप्रसिद्धमोटर उत्पादक ‘भक्सवागन’ ब्राण्डले मूख्यप्रायोजन गरेको ईभेन्टलाई पश्चिमाञ्चलकै नम्बर वान एफएम विग एफएमले प्रस्तुत गरेको हो ।

Jungle-Festival-Don-News-Pokhara

एएचएलसीको सहकार्यमा हुने ईभेन्टमा नेपाल टेलिकम, नेपाल टुरिज्म बोर्ड र पोखरा उपमहानगरपालिका प्रबद्र्धक रहेका छन् । एक हप्तासम्म चल्ने फेस्टिभलको शुरुवात जंगलमा बस्दै आएका लोपोन्मुख जनजाति राउटेहरुको एक समूहले गरेको छ। फेस्टिभलमा दर्शकको मनोरञ्जनका लागि ख्याति प्राप्त कलाकारहरुको प्रस्तुती सँगै अरु विविध कार्यक्रमहरु हुने आयोजकले बताएको छ। इन्दिरा जोशी, मिलन अमात्य, आकांक्षा बस्याल, तिलकबम बल्ल, सुगम पोखरेल, विनोद बानियाँ, कमल खत्री, योगेशकाजी  देखि  कन्दरा ब्यान्ड, डि–मर्चा तथा  बमबहादुर कार्कीको प्रस्तुती रहने आयोजकले बताएको छ। फेस्टिभलमा विश्वप्रसिद्ध ुसर्कस काठमाडौु ले विभिन्न प्रदर्शन गर्नेछ। यस्तै फेस्टिभलमा जंगलकै थिममा आधारित रहेर मोडलहरु र्‍याम्पमा पनि हिँड्दैछन ।

%d bloggers like this: