Sun. Apr 28th, 2024

त्रिकोणात्मक प्रेम कथामा आधारित भएर निर्माण भएको चलचित्र ‘परिणाम’को छायांकन अन्तिम चरणमा पुगेको निर्माणपक्षले जानकारी दिएको छ । निर्माता तथा निर्देशक हरी पराजुलीका अनुसार भारतको दार्जलिङ, सिक्किम, सिलगुढी लगायतका स्थानमा चलचिचत्रको छायांकन गरिसकिएकोे र अब चलचित्रको ३० प्रतिशत दृश्य काठमाण्डौमा खिचिने बताए । खबरका अनुसार अब चलचित्रको २ गीत र क्लाइमेक्स खिच्न बाँकी रहेको छ ।

10961979_420176464807405_95031126_n चलचित्रमा मुकेश ढकाल, नव कलाकारद्धय झरना रिसाल र सारिका घिमिरे मुख्य भूमिकामा छन् । कृष्ण बस्नेत र मित्र पराजुलीको संगीत रहेको चलचित्रमा एनबी महर्जनको एक्सन, शिव ढकालको छायांकन, प्रिया पराजुलीको नृत्य छ । नारीले हिंसा सहने होइन प्रतिकार गर्नुपर्छ भन्ने कथालाई चलचित्रले देखाउन खोजेको निर्माता पराजुलीले जानकरी दिए । निर्माता पराजुलीले यसअघि ‘प्रेमपथ, पहिरो, विछोडका साथमा केही भोजपुरी चलचित्रमा लगानी गरेका थिए ।

%d bloggers like this: