Fri. Apr 19th, 2024

माघ २ गते पनि एकल रिलिजको मौका पाएको चलचित्र इच्छाले फागुन ८ अर्थात आजपनि एकल रिलिजको मौका पाएको छ । माघ २ गते विभिन्न कारणले प्रदर्शनमा आउन नसकेको इच्छाले आजबाट भने देशभर प्रदर्शनमा आएको छ । फरक पुस्ताको फरक सोचाईलाई मूख्य बिषय बनाईएको इच्छाको केहि दिन अगाडी मात्र प्रिमियर शो आयोजना गरिएको थियो । प्रिमियर शोमा पनि निकै रुचाइएको चलचित्र इच्छामा दयाहाङ् राई, सुवास थापा, दिपशिखा शाहि, ओम प्रतिक, देशभक्त खनाल, श्याम राई, आकास पल, आयुष्मा कार्की, रश्मी भट्ट लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।

ischyaसाथैं केहि दिन अगाडी मात्रै चलचित्र ‘इच्छा’ नेपालमा प्रदर्शन नहुँदै अष्ट्रेलियामा बिक्री भएको थियो। अष्ट्रेलियामा नौ लाखमा सहमती भएको निर्देशक मुनाल घिमिरेले बताए । फिल्मको तर्फबाट निर्देशक घिमिरे र अष्ट्रेलियाको लब्लि इन्टरटेन्मेन्टको तर्फबाट शेषमणी शर्माले केहि दिन अगाडी मात्र संयूक्त रुपमा सहमती पत्रका हस्ताक्षर गरेका थिए । ‘इच्छा’मा बिवाह करकापमा होईन स्वेच्छामा हुनुपर्छ भन्ने कुरा देखाउन खोजिएको बताईएको छ । गंभिर बिष्टको नृत्य, रोशन श्रेष्ठको द्वन्द्व तथा प्रकाश घिमिरेको लेखन रहेको ‘इच्छा’मा रोम ओली, नविन श्रेष्ठ, प्रकाश घिमिरे र लक्ष्मण पौडेलको लगानी रहेको छ । इच्छालाई यसअघि दुई सफल चलचित्र ‘आफ्नो मान्छे आफ्नै हुन्छ’ र ‘श्रीमान-श्रीमती’लाई निर्माण गरेका मुनाल घिमिरेले निर्देशन गरेका हुन् । यो चलचित्र नै घिमिरेको पहिलो निर्देशन हो ।

%d bloggers like this: