Wed. May 1st, 2024

८ वर्षिय नेपाली निर्देशक सौगात विष्टले गिनिज वुक अफ वल्र्ड रेकर्डस्मा विश्वकै कान्छा निर्देशकको रुपमा नाम लेखाउन सफल भएका छन् । गिनिज वुक अफ वल्र्ड रेकर्डस्को आधिकारीक वेबसाइटमा विश्वकै कान्छो निर्देशक भनी ८ वर्षिय सौगात विष्टको नाम उल्लेख भएको छ । यो सँगै सौगात विश्वकै व्यवसायिक फिचर फिल्म निर्देशन गर्ने कान्छो निर्देशक भएका छन् । सन् २००७ जनावरी ६ तारिखमा जन्मिएका सौगातको उमेर फिल्म ‘लभ यू बाबा’ निर्देशन गर्दा ७ वर्ष ३ सय ४० दिनको थियो । सौगातले नेपाल चलचित्र निर्देशक समाजको सदस्यता पनि लिएका छन् ।

नायक गजित बिष्टका छोरा सौगातले भारतीय एक वालक निर्देशकको रेकर्ड तोडेका छन् । यसअघि विश्वकै कान्छा निर्देशकको नाम गिनिज बुकमा भारतिय बाल निर्देशकको नाम थियो । फिल्म ‘लभ यू बाबा’ मा अभिनेता गजित विष्ट र छोरी संगमको शिर्ष भूमिका रहेको छ । सँगै निश्मा घिमिरे, निर्मल शर्मा, अशिस्मा नकर्मी लगायतको पनि फिल्ममा अभिनय छ । दिव्यराज सुवेदीको छायाँकन रहेको फिल्ममा गम्भिर विष्टको नृत्य निर्देशन र चन्द्र पन्तको द्धन्द्ध निर्देशन छ । फिल्मको कथा अभिनेता विष्ट स्वयम्ले तयार गरेका हुन् । लगानीमा सम्झना पोखरेल र रोशनी बज्रचार्यले सहकार्य गरेका छन् ।

10452902_828772227193822_1318814213829333075_o

%d bloggers like this: