Mon. Jan 13th, 2025

timthumb

चैत १३ गते देशव्यापी प्रदर्शनको तयारीमा रहेको चलचित्र षडङ्गको अफिसियल ट्रेलर रिलिज भएको छ । सार्वजनिक ट्रेलरमा नायक सौगात मल्ल तराईको देहाती लवज बोल्ने मधेशी डनको रुपमा देखिएका छन्। ट्रेलरले सौगातको भूमिका सिनेमामा भिन्न रहेको देखाएको छ। सुरज गुरुङले निर्देशन गरेको चलचित्र षडङ्गमा सौगात मल्ल,बिजय लामा, प्रियंका कार्की,अनुप बराल , सौरम राज तुलाधर, ए गुरुङ लगायतका कलाकारहरु मुख्य भुमिकामा रहेका छन् । गोविन्द राईको नृत्य निर्देशन रहेको चलचित्रमा अष्ट महर्जनको द्धन्द्ध निर्देशन रहेको छ । चलचित्र समीर सुनुवारको लगानीमा निर्माण भएको हो ।