Thu. Mar 28th, 2024

नायिकाबाट निर्मात्री बनेकी नायिका अनुष्का शर्माले निर्माण गरेको फिल्म ‘एन एच १०’ ले एडल्ट सर्टिफिकेट पाएको छ । अब यस फिल्मलाई १८ भन्दा माथिकाले मात्र हेर्न पाउने छन् । यस फिल्मलाई सवैकोलागी हेर्न हुने वनाउन निर्देशक नवदीप सिंह र निर्मात्री अनुष्कालाई सेन्सर बोर्डले सल्लाह दिएको थियो । तर यी दुवैले बोर्डको प्रस्ताव अस्वीकार गरेका थिए । फिल्ममा अनुष्काको ग्लेमरस रोल रहेको छ । तर बोर्डले भने यसलाई भल्गर मानेको छ । सेन्सर बोर्डले अनुष्काको केहि ग्लेमरस दृश्य काटेर यूनिर्भसल सर्टिफिकेट दिने निर्णय गरेको थियो तर उक्त दृश्य अनुष्का आफैंले काट्न नमानेपछि सेन्सर बोर्डले अनुष्काको फिल्म ‘एन एच १०’ लाई एडल्ट सर्टिफिकेट दिएको हो । चलचित्र मार्च ६ तारिकमा प्रदर्शन हुदैंछ । फिल्ममा अनुष्काका अलवा नील भूपलम र दर्शन कुमार पनि मुख्य भुमिकामा देखिएका छन् ।

%d bloggers like this: