Fri. Apr 26th, 2024

फाल्गुन १५ बाट अलनेपाल रिलिजको तयारीमा रहेको चलचित्र ‘अझै पनि’ले युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको छ । सोमवार साँझ चलचित्र जाँचपास समितीले स्व.आलोक नेम्वाङ् निर्देशित अन्तिम चलचित्र अझै पनिका सबै दृश्यलाई मान्यता दिँदै यूनिभर्सल बनाएको हो । अब यस चलचित्रलाई सबै बर्गका दर्शकले हेर्न पाउनेछन् । नारीको गहना सिन्दुर-पोतेको महत्व तथा युवा-युवतीको प्रेमकथामा बनेको ‘अझै पनि’ले दर्शकलाई मनोरञ्जन साथै समाजको अर्थ बुझाउने निर्माता पुनम गौतमले बताएकी छिन् । चलचित्रमा सुदर्शन थापाको पनि लगानी रहेको छ ।

Ajhai-Pani-Censer-1

चलचित्रमा सुदर्शन थापा सगैं पुजा शर्मा, सुरक्षा पन्त, पुष्प खड्का, विशाल ढुंगाना, विजय लामा, रामशरण पाठक, मिथिला शर्मा, प्रमिला खनाल, बिपना धिमाल लगाएतका कलाकारहरुको अभिनय रहेको यस चलचित्रका लेखक रामशरण पाठक हुन् । राजेश श्रेष्ठको छायांकन रहेको ‘अझै पनि’का सम्पादक प्रितम पाण्डे हुन् । अष्ट महर्जनको द्वन्द्व रहेको यस चलचित्रमा महेश खड्का, हरि लम्साल, सचिन सिंह, राजनराज सिवाकोटीको संगीत रहेको छ ।

%d bloggers like this: