Tue. Apr 23rd, 2024

चैत ६ गते देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘धुन’ले आफ्नो प्रदर्शन मिति पर सारेको छ । चलचित्रको प्राविधिक काम नसकिएको र पब्लिसिटी पनि नपुग्ने अवस्था आएको भन्दै निर्माण युनिटले चलचित्रको रिलिज पोष्टपोण्ड गरेको निर्मात्री मालती शाहले बताएकी छिन् । चलचित्रको सम्पादनको काम पनि नसकिने अवस्था र पब्लिसिटी पनि सोचेअनुसार पुग्ने नदेखेर रिलिज मिति सार्ने निर्णयमा पुगेको मालती शाहले बताइन ।

dhoon-cover1

उनका अनुसार अब चलचित्र जेठ पहिलो साता मात्रै रिलिज हुनेछ । तारासितारा प्रोडक्सनको व्यानरमा निर्माण गरिएको चलचित्र धुनमा जिवन लुुइटेल , मुकेश ढकाल , निता ढुंगाना , श्रेया दुलाल लगायतका कलाकारको अभिनय रहेको छ । मालति शाहको प्रस्तुुति एव शुशिल शाहको निर्माण रहेको यस चलचित्रमा मधुुसुधन ढकाल र श्रेया दुलालको पनि लगानि रहेको छ । कृष्ण पौडेलले निर्देशन गरेको चलचित्र पुर्णतया सांगितिक प्रेम कथामा आधारित रहेको छ । कृष्णको यो पहिलो डेब्यू फिल्म पनि हो ।

%d bloggers like this: