Thu. Apr 25th, 2024

janga bahadur

नेपालमा प्रदर्शन मिति सार्वजनिक नगरिएको चलचित्र ‘जंग बहादुरको कोट’को अफिसियल ट्रेलर सार्बजनिक भएको छ । करिब डेढसय बर्ष अगाडी जंग बहादुले लगाउने कोटको मुल्य देखी रहस्यहरुलाई केहि मात्रामा भएपनि चलचित्रको सार्वजनिक ट्रेलरमा देखाइएको छ । सार्वजनिक ट्रेलरको अन्तिममा एक कलाकारले ‘जंग बहादुरको कोट’ले नेपालमा तहल्का पिट्छ भन्ने सम्वाद निकै आर्कषक तबरले प्रस्तुत गराइएको छ । नव-निर्देशक आशिष भेटवालले निर्देशन गरेको चलचित्र सस्पेन्स(थ्रिलर भनिएको छ । चलचित्रमा अनुप बराल, विश्व बस्नेत, सुवांगी कोइराला, मोहन निरौला लगायतका कलाकारको अभिनय छ । चलचित्रले जंगबहादुरको बिषयलाई उठान नगर्ने निर्देशकको भनाई छ । चलचित्रलाई जयन खड्काले निर्माण गरेका हुन् ।

%d bloggers like this: