Fri. Apr 19th, 2024

केहि महिना अगाडी काठमाडौंको एक रेष्टुरेन्टमा नायिका शुष्मा कार्की र निरन शाह विच सार्वजनिक स्थानमा नै कुटाकुट भएपछि प्रेमसम्बन्ध अन्त्य भएको नायिका शष्मा कार्कीले आफ्नो जन्मदिन मनाएकी छिन् । प्रणय दिवसको अवसरमा शुष्माले काठमाडौंको लाजिम्पाट स्थित एक रेष्टुरेन्टमा आफ्नो जन्मदिन आफुले अभिनय गरिरहेको चलचित्र ‘चलेछ बतास सुस्तरी’को जम्बो टिमसँग मनाएकी छिन् ।

susma-and-pradip

चलचित्रका कलाकार प्रमोद भारद्धाज र लेखक तथा निर्माता प्रदिप भारद्धाज सुष्माको जन्मदिनमा सहभागी थिए । यसभन्दा अघिका प्रत्यक जन्मदिन शुष्माले निरनको साथमा नै मनाउदैं आएकी थिइन तर यसपटकको जन्मदिनमा शुष्मालाई चलचित्र ‘चलेछ बतास सुस्तरी’ नायक प्रमोद भारद्धाजले साथ दिएका थिए । आफ्नो प्रेमिका झै नजिक बनेका प्रमोदले शुष्मालाई जन्मदिनको केक काट्नपनि साथ दिए । शुष्माको जन्मदिनमा चलचित्र ‘चलेछ बतास सुस्तरी’को पोष्टर पनि सार्वजनिक गरिएको थियो ।

%d bloggers like this: