Thu. Apr 25th, 2024

बलिउडका बादशाह शाहरुख खानको मुम्बइस्थित बंगला अगाडि बनाइएको पार्किङ भत्काइएको छ। शनिबार सांसद पुनम महाजनको उपस्थितिमा सो पार्किङ भत्काइएको हो। पार्किङ भत्काएपछि त्यहाँका स्थानीय बासिन्दाले खुसियालीमा मिठाइ बाँडेका छन्। उनको घर अगाडिको पार्किङले स्थानीय जनताहरू समस्यामा परेको भन्दै सांसदसँग गुनासो गरेका थिए। स्थानीयले उक्त पार्किङ भत्काउनुपर्ने गुनासो गरेपछि भारतीय जनता पार्टीका सांसद पुनम महाजनले उक्त पार्किङ भत्काउनुपर्ने माग गरेकी थिइन्।

11009006_419052731586445_1313468094_n

पुनमका अनुसार उक्त पार्किङले स्थानीय बासिन्दालाई समस्यामा परेको थियो। गुनासो आएपछि पुनमले बृहण्मुम्बई नगर निगमका आयुक्त सीताराम कन्तेलाई पार्किङ भत्काइदिन चिठी लेखेकी थिइन्। २९ जनवरीमा लेखिएको उक्त चिठीमा पार्किङका कारण सार्वजनिक सडकमा आवतजावत गर्ने बटुवाहरुलाई समस्या परेको उल्लेख छ। सोही चिठीको आधारमा आयुक्त सीतारामले बान्द्रास्थित स्थानीय अधिकारीलाई पार्किङ भत्काउन आदेश दिएका थिए। शाहरुख खानले गाडी पार्क गर्ने उद्देश्यले सार्वजनिक सडक मिचेर पार्किङस्थल बनाएका थिए।

%d bloggers like this: