Thu. Apr 25th, 2024

लामो समय पछि फिल्म निर्माण कार्यमा फर्किन लागेका चर्चित हाँस्य कलाकार हरिबंश आचार्यले आफ्नो नयाँ फिल्मका लागी निर्देशकको रुपमा उज्वल घिमिरेलाई पक्का गरेका छन् । केहि दिन अगाडी मात्र ‘वडा नम्बर छ’ चलचित्रको छायांकन सकाएका निर्देशक घिमिरेको काम गर्ने शैली आफुलाई निकै नै मनपरेका कारण आफ्नो नयाँ फिल्मलाई घिमिरेले निर्देशन गर्ने कलाकार आचार्यले जानकारी दिए । फिल्मका बारेमा केहि समयपछि औपचारिक कार्यक्रमका विच खुलाउने जानकारी दिएका हरिबंश आचार्यले यसभन्दा अघिनै ‘वडा नम्बर छ’ का निर्माता एवं कलाकार दीपकराज गिरीसँग पनि घिमिरेको काम गर्ने शैलीवारे बुझेका थिए । घिमिरेले हालसम्म गोठालो, जिन्दगानी, किस्मत ,छोडी गए पाप लाग्ला, अन्दाज लगायतका हिट फिल्महरु दर्शकमाझ पस्किसकेका छन् । प्राप्त खबर अनुसार आउँने बर्षको बैशाख पश्चात फिल्मको छायांकन सुरु हुने छ ।

%d bloggers like this: