बैशाख १ गते देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘रेशम फिलिलि’को अफिसियल गीत रिलिज भएको छ । केहि समय अगाडी चलचित्र यूनिटले सार्वजनिक गरेको अडियो गीत तिमी र म घुम्न जाउँ न..’ लाई युट्युवमा ५ लाखभन्दा बढि दर्शकले हेरिसकेपछि भ्यालेन्टाइन डेको अबसर पारेर यही लोकप्रिय गीतमा नेपालका दर्जन बढि कलाकारहरु देखिएका छन् । गीतमा प्रियंका कार्की, केकी अधिकारी, नीता ढुंगाना, बेनिशा हमाल, नीशा अधिकारी, रीमा बिश्वकर्मा, पूर्व मिस नेपालहरु माल्भिका सुब्बा, सदिक्षा श्रेष्ठ,सृष्टि श्रेष्ठ सगैं विल्सनबिक्रम राई, गायक निमा रुम्बा, जीवन लुइँटेल, कर्मा, बिनय श्रेष्ठ, निर्देशक निश्चल बस्नेत, फोटोग्राफर राजभाई सुवाल लगायतले पनि उक्त गीतमा अभिनय गरेका छन् । अडियो गीतलाई दर्शकहरुले अत्याधिक मनपराएका कारण गीतको भिडियोलाई पनिदर्शकले अत्याधिक मनपराउने निर्माणपक्षले विश्वास राखेको छ । यसमा शब्द , संगीत काली प्रसाद बास्कोटाको रहेको छ भने उनलाई गायनमा सोमिया बराइलीले साथ् दिएकी छिन । बिनय श्रेष्ठ , मेनुका प्रधान र कामेश्वर चौराशिया लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको चलचित्रलाई प्रबिण जोशीले निर्देशन गरेका हुन् । कमेडी जनराको फिल्म रेशम फिलिलि भी मोसन पिक्चर्सकोको निर्माणमा माधब बाग्लेले लगानी गरेका हुन् ।
प्रियंका देखी फोटोग्राफर राजभाईसम्मको फिलिलि (भिडियो)
Byadmin
Feb 15, 2015Related Post
शिवरात्रीमा ‘लप्पन छप्पन २’ प्रदर्शनको तयारी
Sep 12, 2021
हरितालिका तीज : पहिले र अहिले
Sep 9, 2021