Fri. Apr 26th, 2024

फागुन २२ बाट देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र पुनर्जन्मको अफिसियल गीत रिलिज भएको छ । भ्यालेन्टाइन डे को गिफ्ट भन्दै निर्माण पक्षले ‘जब दुख’ बोलको गीत सार्वजनिक गररेको हो । गीतमा संगीत बसन्त सापकोटाको रहेको छ भने स्वर प्रमोद खरेलले दिएका छन् । तर शब्द कसको रहेको छ भने खुलाइएको छैन । सार्वजनिक गीतमा कमल राईको कोरियोग्राफी गरेका छन् । गीतमा गजित विष्ट र नायिका केकी अधिकारी देखिएका छन् ।

timthumb

एमके इन्टरटेन्मेन्टको ब्यानरमा बनेको यो चलचित्रमा आर्यन सिग्देल, गजित बिष्ट, केकी अधिकारी, सुस्मिता शाही, विजय लामा, मिथिला शर्मा, लक्ष्मी गिरी, रश्मी भट्ट लगायतका कलाकारको अभिनय छ । यो चलचित्रमा मोहनकृष्ण श्रेष्ठ र भद्र बहादुर शाहीले लगानी गरेका छन् । चलचित्रमा बसन्तसँगै जयन्त शर्माको संगीत, कविराज गहतराजको नृत्य, अष्ट महर्जनको द्वन्द्व, मिलन अमात्य, अन्जु पन्त, जितु श्रेष्ठको स्वर, शिव ढकाल र नवराज कृष्ण थापाको छायांकन छ । सजन श्रेष्ठले निर्देशन गरेको चलचित्र पुनर्जन्मले सैनिकको जीवनमा द्वन्द्वले पारेको प्रभावसँगै कार्यक्षेत्रमा सैनिकको साथीभाइ प्रतिको भावना र मायाप्रेमलाई देखाउन खोजेको छ ।

%d bloggers like this: