Sat. Apr 20th, 2024

bhidya

रंगक्षेत्रमा चर्चामा आउने विभिन्न काइदा छन् । कहिले पीडा दिएर त कहिले पीडित बनेर चर्चामा आउनु कुनै नयाँ तरिका होइन । तर यौन शोषण, पारिश्रमिकदेखि कामसम्मका कुरालाई लिएर शोषणको हल्ला गर्ने लाइनमा उभिन अस्वीकार गरेकी छिन् बलिउड सुन्दरी विद्या बालनले । उनले आफू अहिलेसम्म शोषणमा नपरेको दावी गरेकी छन्। अभिनयप्रतिको आफ्नो लगावकै कारण अहिलेसम्म कसैबाट शोषणमा नपरेको उनको तर्क छ। उनले दावी गरेकी छिन्, ‘म निकै भाग्यमानी रहेछु, मैले अहिलेसम्म कुनै पनि प्रकारका शोषण झेल्नु परेको छैन ।’ शोषणमा नपरेको मात्र होइन अहिलेसम्म आफूसँग काम गर्दा कसैले दुःख दिने र शोषण गर्ने नियत पनि नदेखाएको उनको दावी छ । डर्टी गर्लको छवी बनाएकी उनको शोषणमा नपरेको दावीप्रति भने फरक फरक प्रतिक्रिया आएको छ । एजेन्सी

%d bloggers like this: