Sat. Apr 20th, 2024

बैशाख २५ बाट अलनेपाल रिलिजको तयारीमा रहेको चलचित्र होस्टेल रिटर्न्सले भ्यालेन्टाइन डे लाई लक्षित गर्दै ‘मुसुक्क’ बोलको अडियो गीत सार्वजनिक भएको छ । स्वप्निल शर्मा र श्रेया सोताङ्को स्वरमा रहेको यस गीतका रचयिता तथा संगीतकार स्वप्निल नै हुन् । ‘मुसुक्कै हाँस्ने तिम्रो बानीले मेरो ज्यानै लाने भो’ बोलको यो गीतले युवा(युवतीको प्रेमलाई दर्शाउँछ ।

hostel-returns-3

होस्टेलमा बस्ने यूवायूवतीको प्रेम, मस्ती, बियोग, पीडालाई समेटेर तयार पारिएको यो चलचित्रलाई सुनिल रावलले निर्माण गरेका हुन् । सुरज भुषालले निर्देशन गरेको यो चलचित्रमा सुशिल श्रेष्ठ, शशी श्रेष्ठ, नाजिर हुसेन, सुधाम सिके, अभय बराल, स्वस्तिमा खड्काको मुख्य भूमिका छ । यो सफल चलचित्र ‘होस्टेल’को सिक्वेल हो ।

%d bloggers like this: