Fri. Apr 26th, 2024

‘भ्यालेनटाइन डे ‘विषेश

बलिउड, थुप्रै कलाकारहरुको लागि घर अनि परिवार जस्तो बनेको छ। यहाँ थुप्रै जोडीहरु पनि बने। पुराना कलाकारदेखि लिएर नव कलाकारहरुको समेत प्रेम सम्बन्ध गाँसियो बलिउडमा। तर कति कलाकारले आफ्नो प्रेमलाई विवाह बन्धनमा बाँधेर अटुट बनाउन सफल भए भने कति प्रख्यात जोडी त्यो पनि दुवैको रुपमा मात्र चिनिए तर आफ्नो सम्बन्धलाई अटुट् भने बनाउन सकेनन्। यहाँ चर्चा गरिएको छ तिनै प्रख्यात तर असफल जोडीहरुको

dilip kumar and madhuwala

दिलिप कुमार र मधुबाला

यो जोडी सबैभन्दा प्रख्यात र पुरानो प्रेम जोडी हो। तर अफशोच यो जोडीको प्रेम कथाको अन्त्य दुःखदायी भयो। पहिलो पल्ट ‘ज्वार भाटा’ फिल्मको सेटमा एकअर्कासँग भेटेका दिलिप कुमार र मधुबालाको प्रेम सम्बन्ध पाँच वर्षसम्म चल्यो र अन्त्य भयो। मधुबालाले किशोर कुमारसँग बिहे गरिन् भने दिलिप कुमारले पछि सायरा बानुसँग बिहे गरे।

rajkapur

राजकपुर र नर्गिस

एकसाथ अभियन गरेको फिल्मको सेटमा पहिलो पटक भएको थियो राज कपुर र नर्गिसको भेट। उनीहरुको केमेष्ट्रि निकै चर्चित रह्यो। तर त्यो समयमा राज कपुर विवाहित तथा पिता समेत भइसकेकाले नर्गिस र राजकपुर एक अर्कासँग छुट्टिन पुगे। नर्गिसले सुनिल दत्तसँग बिहे गरिन्। सुनिल र नर्गिसको प्रेम सम्बन्ध ‘मदर इण्डिया’को सेटबाट सुरु भएको थियो। फिल्मको सुटिङको क्रममा सेटमा लागेको आगोबाट नर्गिसलाई सुनिलले बचाएका थिए।

jinnat

संजय खान र जीनत अमान

आफ्नो बोल्ड र बिन्दास अन्दाजका कारणले ७० को दशकमा जीनत अमान बलिउडमा निकै लोकप्रिय भएकी थिइन् । त्यतिबेलाका स्टारहरुमध्यकै एक संजय खान जीनत अमानको लागि मरि मेटन तयार थिए । हुनत संजय खान विवाहित थिए र तीन केटाकेटीका पिता पनि तर जीनत अमानको प्रेममा सब भुले । गोप्य रुपमा यिनले विहे समेत गरिसकेको पनि भनिन्छ । तर पछि के कति कारणले हो संजय खानले सबैको अगाडि नै जीनतलाई पिटे पछि यी दुई बीच ब्रेकअप भयो ।

 juru

गुरु दत्त र वाहिदा रहेमान

बलिउडका सबैभन्दा ‘वेष्ट’ निर्देशक मध्यका गुरु दत्तलाई त्यो समयकी सुपरहिट नायिका वाहिदा रहेमान मन पर्‍यो। गुरुले, वाहिदालाई ‘सिआईडी’मा काम गर्ने अवसर मिलाइदिए। त्यसपछि उनीहरुको सम्बन्धको बारेमा बाहिर चर्चा हुन थाल्यो। गीता दत्तसँग विवाहित गुरु दत्तलाई वाहिदा मन पर्न थालेपछि उनीहरुको सम्बन्धमा समस्या पर्न थाल्यो। पछि ४० वर्षको उमेरमा गुरुले आत्महत्या गरे र आफ्नो प्रेमकथाको अन्त्य आफै गरे।

download

अमिताभ बच्चन र रेखा

केही फिल्महरुमा सँगै काम गरेपछि रेखा र अमिताभको सम्बन्धलाई लिएर निकै चर्चा हुन थाल्यो। यो जोडी बलिउडमा निकै चर्चित जोडी हो। तर अमिताभ आफूहरुको सम्बन्ध बारे कहिले पनि खुलेनन् भने रेखा पनि चूप नै रहिन्। त्यो समयमा यश चोपडाले रेखा, अमिताभ र जया बच्चनलाई लिएर ‘सिलसिला’ बनाए। त्रिकोणात्मक प्रेम कहानी रहेकेा ‘सिलसिला’ लाई तिनै तीन मुख्य कलाकारको रियल लभ स्टोरी पनि भनियो। पछि अमिताभले जया बच्चनसँग बिहे गरेर अघि बढे भने रेखा आफ्नै हिसाबले अघि बढिन्।

Salman-Aishwarya-at-Dewans-party1

सलमान खान र ऐश्वर्या राय

यो जोडीको प्रेम ‘हम दिल दे चुके सनम’ को सेटबाट सुरु भएको थियो। यिनीहरुको सम्बन्ध सधैँ ‘हल्ला’ र विवादले घेरिरह्यो। पछि गएर एश्वर्याले सलमानसँगको सम्बन्ध अन्त्य गर्ने निर्णय गरिन् र आफ्नो तर्फबाट अन्त्य गरिन्। तर सलमानले त्यो कुरा सजिलै स्वीकार्न सकेनन् र ऐश्वर्यामाथि हात समेत उठाउन पुगे भने उनकै लागि बलिउडमा अन्य थुप्रै कलाकारहरुसँग पनि सम्बन्ध बिगार्न पुगे।

karina and sahid

शाहिद कपुर र करिना कपुर

तीन वर्ष लामो सम्बन्ध एकाएक टुटेको खबर आयो। शाहिद र करिना आफूहरुको सम्बन्धबारे सँधै खुला रहेका थिए। यो जोडी बलिउडमा सफल हुने अनुमान पनि गरिएको थियो तर अफशोच शाहिद र करिनाको तीन वर्षे लामो प्रेमसम्बन्धमा पूर्ण विराम लाग्यो। यी दुईले अन्तिम पटक ‘जब वी मेट’ मा एकसाथ काम गरेका थिए। शाहिदसँगको सम्बन्ध अन्त्य हुने वित्तिकै करिना र सेफ अलि खानको सम्बन्धबारे चर्चा सुरु भयो भने अहिले करिना सेफकी बेगम बनिसकेकी छिन् भने शाहिदले अझै राम्रो पार्टनर भेटेको छैन।

%d bloggers like this: