Thu. Apr 25th, 2024

‘भ्यालेन्टाइन डे ‘विषेश 

 नेपाली चलचित्रमा कुनै जवनाका चल्तिका नायक हुन राजबल्लभ कोइराला । आफनो कला यात्रा कोइरालाले एक रेडियो बाट सुरु गरेका थिए । पर्खी बसें चलचित्रबाट नेपाली चलचित्रक्षेत्रमा प्रवेश गरेका राजबल्लभ यति बेला अमेरिकामा बस्दैं आएका छन् । स्कुल पढ्दानै प्रेमको अनुभुती गरेका राजबल्लभ कोइरालाले मन्द मुस्कान अनि उज्यालो अनुहारले आफ्नो पहिलो प्रेमलाई व्यक्त गरेको बताउँछन् ।

rajballv

प्रणय दिवशको अबसरमा हामीसँग कुराकानी गदैं राजबल्लभ कोइरालाले मान्छेलाई मान्छे बनाउँन प्रेमले निकै ठुलो मद्त गर्ने बताउँछन् । ‘प्रेमले  देउता दैत्य दुवै बनाउँछ’- कोइराला भन्छन् -‘प्रेमले सृष्टि चलाउँछ अनि संसार सुन्दर बनाउँछ ।’ हाल सम्मपनि अविवाहित कोइराला अहिलेको माया अलि वस्तुपरक रहेको बताउँछन् ।  प्रेमलाई जीवित राख्ने सूत्रका बारेमा राजबल्लभ अगाडी भन्छन् सूत्र हुन्थ्यो भने सबै प्रेमका कथा कालजयी हुन्थे ।

%d bloggers like this: