Thu. Feb 13th, 2025

बलिउड फिल्म संगीतबाट अभिनयमा लागेका गायक एवं अभिनेता हिमेश रेशमियाको आगामी सिनेमा ‘गनस एण्ड रोजेज’को लुक सार्वजनिक भएको छ। उक्त लुकमा हिमेश बिल्कुलै फरक ‘गेटअप’मा देखिएका छन। फिल्ममा निभाउन लागेको ग्याङ्स्टर चरित्रमा आफुलाई ढाल्नका लागि हिमेशले आफ्नो वजन घटाएका छन। यसका साथै उनले कडा व्यायाम पनि गरिरहेका छन। रवि रायले निर्देशन गर्ने सिनेमामा हिमेश मुम्बईको ग्याङस्टर रघुको भूमिकामा अभिनय गर्दैछन। ग्रीस, आयरल्यान्ड लगायतका अन्तराष्ट्रिय स्थानमा छाँयांकन गरिने सिनेमा आगामी अगस्टबाट फ्लोरमा जानेछ। उनले यसभन्दा अघि एक्पोज सिनेमामा अभिनय गरेका थिए ।