Thu. Mar 28th, 2024

पछिल्लो समय चलचित्रको नाम सुन्दा पनि दर्शक नै अचम्मका पर्ने गरेका छन् । त्यहि क्रममा दर्शकलाई फेरी अर्को अचम्म जस्तो लाग्ने  ‘पार्सल’ नामक चलचित्र निर्माण हुने भएको छ । केहि दिन अगाडी काठमाडौंमा एक कार्यक्रमकाबीच उक्त चलचित्रको शुभमुहुर्त गरिएको छ । रविन श्रेष्ठको निर्देशनमा बन्न लागेको पार्सल पारिवारिक कथा समेटिएको चलचित्र हो ।

parcel

कसैले आफ्नो परिवारलाई पठाएको पार्सल अपरिचित व्यक्तिसँग साटिँदा भोग्नु पर्ने हैरानी र घटनाक्रममा देखिने उतारचढावको सेरोफेरोमा चलचित्रको कथा घुमेको छ । रोसनी फिल्मस्को ब्यानरमा बन्ने यस चलचित्रमा आयुष रिजाल, निता ढुंगाना लगायतका कलाकारलाई देख्न पाइनेछ । काठमाडौं, धरान, कोशी ब्यारेज, फिक्कल हुँदै तप्लेजुङको ३८०० मिटर उचाइसम्म छायांकन गरिने निर्माण युनिटले जनाएको छ ।

%d bloggers like this: