Tue. Apr 16th, 2024

‘भ्यालेनटाइन डे’ विषेश

‘भ्यालेनटाइन डे’ ११ १४ फेबुररी अर्थात प्रेम दिबस , यो दिबस आज दुनियाँ भरि मनाइदै छ। जुन देश मा जुन भाषा बाट बोलिए पनि आखिर त्यो शब्द हाम्रो नेपाली भाषा मा मायाँ नै हो र आज माया , प्रेम अभिव्यक्ति दर्साउने दिन भनेर नै मैले पनि बुझेको छु।

१८ औ सताब्दी मा अंग्रेज देशहरु मा भ्यालेनटाइन दिबस यौटा सार्ब्रजनिक बिदा को दिन हो जुन क्रिस्चियन सहिद हरु को सम्मान मा दिईन्थो जएस मध्ये एक सहिद सेन्ट भ्यालेनटाइन थिए। यो दिबस को सुरुवात (Christian and Christian-influenced cultures) बाट भएको हो।

क्रिस्टीयानिटि बाट सुरु भएता पनि आज यो दिबस लगभग संसार भरि का मानिसहरु ले मनाउदै आएका छन् कुन धर्म र वर्ग का मानिस हुन् मतलब छैन। यो पनि मतलब छैन कि यो दिबस कहाँ बाट र कसरी सुरु हुन पुग्यो। यस को मतलब हुन आउछ , संसार लाई युद्ध र हतियारले होइन माया प्रेम र आपसी सद्भावले नै बदल्न सकिन्छ। युद्ध र हतियारले कुनै पनि कुरा सजिलै जित्न सकिन्छ तर माया ले र सद्भाव ले जितेको जित लामो र आनन्ददाइ हुन्छ , रिस राग र बैमनिस्यता कदापी हुदैन।

आजको संसार माया मा होइन , हतियार , पैसा र युद्ध मा बिस्वाश गर्छ तेसैले नै गर्दा आज मानबियता मा होइन मान्छे पावोर मा बिस्वाश गर्छन , एक अर्का लाई गन्दैनन , आफै ठुलो ,म र मेरो ूमात्र भन्ने भाबना बढदो छ। हामी र हाम्रो भन्ने भाबना आज लगभग संसार भरि को मानिशहरुमा समाप्त भएर जादै छ। आज मानिसहरु मा त्यो यो देश को, त्यो फलानो धर्म को र त्यो यो राजनीतिक पार्टी को र तेसलाई जसरि हुन्छ समाप्त पार्नु पर्छ नत्र मैले सफलता पाउदिन भन्ने धेरै नकारात्मक सोच ब्याप्त छ। हो यो नै यौटा मानबता भन्दा पर र क्रुरता को पछाडी छ आज को संसार।

मलाई लाग्छ , आज को यो प्रेम दिबस संगै सबै संग दुस्मनी , रिश , र राग छोडेर मित्रता को हात बढाऊ । आज प्रेम दिबस मनाएर अर्को वर्ष को दिबस मा तेसै को दुस्मन बन्नु नपरोस। माया मा सधै जित हुन्छ , हार हुन्न। माया ले शरीर मा उस्शाह दिन्छ , नैरस्यता कदापी दिदैन। समर्पण , त्याग र बिस्वाश मा माया बढी हुन्छ , प्राप्ति मा भन्दा पनि धेरै तर त्यो त्याग र माया लाई २ वटा बाहिरी आखाँ ले होइन भित्रि हृदयको आखा खोलेर हेर्नु र बुझ्नु जरुरि हुन्छ।

भगवान लाई हामी सधै किन पुजा गर्छौ थाहा छ ? किन कि , भगवान लाई हामी कहिलै प्राप्ति गर्न सक्दैनौ , देख्न सक्दैनौ त्यसैले नै भगवान प्रति हाम्रो सदैब माया , विश्वास र आशा रहन्छ। यदि भगवान हामी संग आएर बस्ने , कुरा गर्ने थिए भने हामी र भगवान बीच को नै ठुलो असमजदारी पैदा हुन्थो, त्यसैले भगवानले मनुस्य जाति लाई पैदा गरेर उहाँहरु आफै अर्कै ठाउँमा जुन मनुस्यको पहुच भन्दा टाढा बस्नु भयो, किन कि उहाँ लाई थाहा थियो कि मनुस्य को जात सधै आफ्नै स्वार्थ हेर्छ पहिले अनि मात्र अरु को।

मेरो भन्नु को मतलब माया भगवान हो , भगवान माया हो , यसलाई महसुस गर्न सक्नु पर्छ अन्तरआत्मा बाट नै। जसलाई यदि हिर्दय बाट माया गर्नुहुन्छ भने त्यसलाई पुजा गर्नुस सदैब , दुस्मन र दुस्मनी कहिलै नगर्नुस ।

साथी हरु लाई यो भ्यालिनटाइन डे को शुभकामना। माया , प्रेम र सदभाब बाड्नुस , रिस र राग त्यागनुस आज बाट नै।।। राम-प्यारी

यो लेख नायिका रेखा थापा आफैंले लेखेकी हुन् । हामीले यो लेख उनको आधिकारी फेसबुकबाट साभार गरेका हौं ।

%d bloggers like this: