Fri. Apr 19th, 2024

पछिल्लो समय नेपालमा छोटा चलचित्रको निर्माण क्रम फस्टाएको छ । यस्ता चलचित्रले उचित स्थान पाउन सकोस भनेर छायाँछबि क्रियसनले दोस्रो पटक काठमाडौं सर्ट फिल्म फेस्टा २०१५ आयोजना गर्न लागेको हो । फेष्टा फागुनको अन्त्यमामा आयोजना गरिने छ भने उक्त महोत्सबमा छोटा चलचित्र प्रदर्शनका साथै चलचित्र सम्बन्धी अन्तरक्रिया लगायतका कार्यक्रम पनि आयोजना गरिने आयोजकले जनाएको छ । यो फेस्टामा बृत्तचित्र, चलचित्र, कार्टुन एनिमेशन चलचित्रले भाग लिन पाउने जनाएको छ ।

15021206unnamed (1)

आयोजकका अनुसार फेस्टामा भाग लिनको लागि चलचित्रको लम्बाई ३ मिनट देखि ४५ मिनट भित्रको हुनु पर्ने आयोजकले जनाएको छ । छायाँछबिको कार्यालय डिल्लीबजारमा फागुन १५ सम्म लघू चलचित्र दर्ता गर्नु पर्ने प्रावधान राखिएको छ । जुनसुकै बिधा र शैलीका चलचित्रले पनि फेस्टामा भाग लिन पाउने आयोजकले जनाएको छ । सर्ट फिल्म फेस्टा २०१५ मा सहभागी सर्ट फिल्मले प्रथम, द्वितीय, तृतीय पुरस्कार प्राप्त गर्ने छन् । यस्तै ‘बेस्ट फिक्सन सर्ट फिल्म’, ‘बेस्ट डकुमेन्ट्री सर्ट फिल्म’, ‘बेस्ट एनिमेशन सर्ट फिल्म’, ‘जुरी अवार्ड’, इनकरेजमेन्ट अवार्ड र ‘पब्लिक च्वाईस अवार्ड’ सहीत विभिन्न विधामा नगद सहित अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

%d bloggers like this: