Fri. Apr 19th, 2024

फागुन २२ गते अलनेपाल रिलिजको तयारीमा रहेको चलचित्र ‘झिग्राना’ को अफिसियल दोस्रो ट्रेलर रिलिज भएको छ । सार्वजनिक दोस्रो ट्रेलरमा चलचित्रका सबै कलाकारहरु देखिएका छन् भने ट्रेलर हेरेर दर्शक चलचित्रप्रति अझ धेरै उत्साहित हुने निर्माणपक्षले जानकारी दिएको छ । केहि दिन अगाडी मात्र ‘एडल्ट’ सर्टिफिकेट पाएको ‘झिग्राना’ले रहस्यमय मृत्युको ग्रामिण परिवेशमा थालीएको अनुसन्धानको कथालाई देखाउन खोजेको छ ।

zhijrana

चलचित्रमा निकुन श्रेष्ठ,मेनुका प्रधानशान्ती गिरी, हाना जी, ज्योती कार्की, अरुण रेग्मी, दिवाकर पिया, बिना पाण्डे लगायतका कलाकारको अभिनय छ । चलचित्रलाई पासाङ लामाले निर्देशन गरेका हुन् । निर्देशक लामाले नै लेखेको चलचित्रमा शैलेन्द्र डी कार्कीको छायांकन, निमेश श्रेष्ठको सम्पादन, इमान विक्रम शाहको संगीत तथा पाश्र्वगायन रहेको छ । गोल्डन याक इन्टरटेन्मेन्टले आफ्नो निर्माणमा तयार भएको पहिलो चलचित्र ‘झिग्राना’ ले सस्पेन्स तथा थ्रिलर कथालाई समेटीएको छ ।

%d bloggers like this: