Fri. Apr 19th, 2024

हो फागुन १५ ,यो मिति यति बेला सबैका लागी प्रतिक्षाको घडि बनेको छ । स्व.निर्देशक आलोक नेम्वाङ्को अन्तिम चलचित्र भएका कारण पनि आम दर्शकका लागी अझै पनि विषेश चलचित्र बनेको छ । अझै पनि चलचित्र समाजमा व्याप्त हरेक सकारात्मक र नकारात्मक कुराहरुको शिलशिला निरन्तर नै छ भन्ने उद्येश्यबाट प्रेरित भएर निर्माण गरिएको चलचित्र हो ।  नेपाली धर्म र संस्कृतीको समेत सम्मान गर्दे यूवा पुस्तालाई आफ्नो पहिचान र अस्तित्वको जर्गेना गर्नुपर्ने विषयलाई सामाजिक रुपमा समेत सन्देशमूलक ढंगले चलचित्रले प्रस्तुत गरेको छ ।

Ajai-pani-Nepali-Movie

चलचित्रमा सुदर्शन थापा, पुजा शर्मा, सुरक्षा पन्त, मिथिला शर्मा, विजय लामा, विशाल ढुंगाना, पुष्प खड्का, रामेश्वर पाठक लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा सुदर्शन थापा र पुजा शर्माको प्रेमलाई निकै आर्कषक तबरले देखाइएको छ । हालसम्म सार्वजनिक भएका गीतहरु देखी ट्रेलरसम्ममा सुदर्शन थापा र पुजा शर्माको प्रेमलाई नै मुख्यकेन्द्रि विन्दुमा राखिएको छ ।  पुनम गौतम र सुदर्शन थापाले संयुक्त रुपमा बनाएको यो चलचित्र सुदर्शन थापा प्रोडक्शन र पुनम इन्टरटेन्मेण्टको ब्यानरमा बनेको हो ।

%d bloggers like this: