Wed. Apr 24th, 2024

 jenifer lopej

हलिउडकी चर्चित गायिका एवं अभिनेत्री जेनिफर लोपेज र उनका पूर्व प्रेमी कैस्पर स्मार्टसँग फेरी सँगै–सँगै देखिएका छन् । उनीहरुले केहि दिन अघि सामुन्द्रिक किनारमा रमाएको फोटो सार्वजनिक गरेलगतै यि दुई जोडी पुनः एक हुने अडकल काट्न थालिएको छ । हलिउडको एक वेबसाइट ‘इ अनलाइन डट कम’ का अनुसार कैस्पर र जेनिफर होटल क्याफेको बाहिर पनि सँगै देखिएका थिए । निक, क्वीन लातिफा र मीक मिलको प्रस्तुती रहेको एक पार्टीमा लोपेजलाई उनका पूर्व प्रेमी कैस्परले भेटेका थिए । त्यति मात्र नभएर हाल उनीहरु एउटै घरमा बस्दैं आएका पनि बताइएको छ ।

%d bloggers like this: