Fri. Apr 26th, 2024

महत्वकाक्षी चलचित्रको रुपमा लिएको दुई चलचित्र वान वे र सुन्तली आजबाट अलनेपाल रिलिजमा उत्रिएका छन् । बाबु-आमा नमिल्दा छोराछोरी गलत बाटोमा जान्छन् भन्ने देखाउन खोजिएको चलचित्र वान वे र एउटा नारीको बदलाको कथा बोकेको चलचित्र सुन्तली विच राम्रै युद्ध हुने देखिएको छ ।

one-way

प्रियंका कार्की,कर्मा, अर्पण थापा, सूर्यमाला शर्मा, राजकुमार पुडासैनी, प्रमोद अग्रहरी, आशान्त शर्मा आदि कलाकारको मुख्य भुमिका रहेको चलचित्र सुन्तलीलाई भाष्कर ढुंगानाले निर्देशन गरेका हुन् । पटकथा तथा संवाद प्रविण अधिकारीको रहेको चलचित्र ‘सुन्तली’ साउथ कोरियाको बुसान इन्टरनेशनल फिल्म फेस्टिभलका लागी छनोट भएको थियो ।

suntali

त्यस्तै वान वे मा ‘वन वे’मा करिश्मा मानन्धर, रविन तामाङ, सिद्धार्थ गुरुङ, माला लिम्बु, विल्सन विक्रम राई, आकाश खवास, रुपा राणा लगाएतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा राजकुमार राई र दीपक मनाङेको लगानी छ । आरसी पिक्चर्सको ब्यानरमा तयार भएको यो चलचित्रलाई प्रदिप भट्टराइले लेखेका हुन् । चलचित्रलाई सुरज सुब्बा ‘नाल्बो’ले निर्देशन गरेका हुन् ।

%d bloggers like this: