Fri. Apr 19th, 2024

nikil

लामो समयपछि पुन नेपाली चलचित्रमा देखा पर्न लागेका नायक निखिल उप्रेती वीरगंजमा रहेको अरनिको सेक्यूरिटी सर्बिस प्रा.लि श्रीपुर वीरगंजको ब्राण्ड एम्वेसडर बनेका छन् । केहि दिन देखी विरगंजमा नै रहिरहेका निखिलले वुधबार वीरगंजमा पत्रकार भेटघाट गर्दै वीरगंज नेपालको आर्थिक राजधानी मात्र नभई मुटु समेत भएको प्रतिक्रिया दिएका थिए । निखिलले वीरगंज क्षेत्रका उद्योग व्यवसायीहरुलाई सेक्युरिटीका लागि अरनिकोलाई सम्झिन आग्रह समेत गरेका छन् । उप्रेतीले नेपाली , भोजपुरी ,हिन्दी फिल्ममा समेत अभिनय गरिसकेका छन् । हालै मात्र निखिलले आफुले निर्माण र निर्देशन गरेको चलचित्र भैरबकोे छायांकन सकाएका छन् । उनले पत्रकारहरुसँग चलचित्र भैरबका बारेमा पनि जानकारी दिएक छन् । भैरव नेपाल प्रहरीमा आधारित रहेका कारण एकपटक चलचित्र हेरिदिनपनि निखिलले सबैलाई आग्रह गरेका छन् ।

%d bloggers like this: