Thu. Apr 18th, 2024

काठमाडौंका डन भनेर चिनिने दीपक मनाङे आफ्नो छोरा सिद्धार्थ गुरुङले पहिलो पटक अभिनय गरेको चलचित्र ‘वन वे’ हेर्न आज काठमाडौंको सुन्धारास्थित सिटिसी महल पुगेका छन् । दीपक चलचित्र ‘वन वे’ का निर्माता समेत हुन् । पहिलो पटक चलचित्र हेर्न सार्वजनिक स्थानमा देखिएका दीपक मनाङे सबैको मुख्य आर्कषक बनेका थिए । बाक्लो सञ्चारकर्मी,चलचित्रकर्मी,कलाकारहरुको उपस्थित रहेको चलचित्र ‘वन वे’ को प्रिमियर शोमा दीपकले सिद्धार्थको फिल्म हेर्न टिकट काटेर हलसम्म पनि जाने जानकारी दिए ।

one way

चलचित्र हेर्न आएको सबैले ‘वन वे’ लाई रुचाएका थिए । फागुन १ गते देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘वन वे’ लाई राजकुमार राई र दीपक मनाङेले लगानी गरेका हुन् । सुरज सुब्बा ‘नाल्बो’ले निर्देशित यस चलचित्रमा करिश्मा मानन्धर, रविन तामाङ,सिद्धार्थ गुरुङ र माला लिम्बु,विल्सन विक्रम राई, श्याम राई , प्रकाश ओझाको मुख्य भूमिका छ । आरसी पिक्चर्सको ब्यानरमा तयार भएको यो चलचित्रलाई प्रदिप भट्टराइले लेखेका हुन् । चलचित्रले बाबु-आमा नमिल्दा छोराछोरी गलत बाटोमा जान्छन् भन्ने देखाउन खोजेको छ ।

%d bloggers like this: