Fri. Apr 26th, 2024

नेपालको प्रसिद्ध फेवातालमा बलिउड चलचित्र डेन्जरस फेसबुसको छायांकन सुरु भएको छ। रुस्लान मुम्ताज र मुग्दा गोडसेको मुख्य भूमिका रहेको उक्त चलचित्रको गीतको छायांकन आइतबारबाट फेवातालमा सुरु भएको हो। केहि दिन अगाडी मात्र नेपाल आएका रुस्लान मुम्ताज र मुग्दा गोडसेले फिल्मको छायांकनका लागी नेपाल आएको जानकारी दिएपनि कुन चलचित्र हो भनेर औपचारिक खबर भने बाहिर आएको थिएन ।

निर्देशक सानु शाक्यले निर्देशन गरिरहेको चलचित्र डेन्जरस फेसबुसमा निर्देशक, छायांकन, नृत्यलगायत सम्पूर्ण प्राविधिक नेपाली रहेको निर्देशक शाक्यले जानकारी दिए । चलचित्रमा सञ्जल लामाको छायांकन, सम्राट् रचन्द्र सहायक निर्देशक, रोशन श्रेष्ठको द्वन्द्वनिर्देशक, कविराज गहतराजको नृत्य, वनिशरअर्जुनको सम्पादन रहेको छ।

danger2

चलचित्रमा नायिका गोडसेले सामान्य परिवारमा जन्मिएकी महत्त्वाकांक्षी युवतीको भूमिका निर्वाह गरेकी छन्। मुम्बईमा संघर्ष गरिरहेकी उनी धनी केटासँग सम्बन्ध स्थापित गरी उच्च जीवन बिताउने चाहना राख्छिन्।

फेसबुकमार्फत त्यस्तो केटा खोजी गर्ने क्रममा उनले सम्बन्ध स्थापित गरेका केटा र भोग्नुपरेको उतारचढाव कथामा समेटिएको बताइएको छ। मुग्दा गोड्सेले आफ्नो फिल्मी करियरको सुरुवात प्रियंका चोपडा स्टारर ‘फेसन’ बाट गरेकी थिइन् भने रुस्लानले ‘मेरा पेहेला पेहेला प्यार’ बाट बलिउडमा पहिलो पाइला टेकेका थिए ।

%d bloggers like this: