Wed. Apr 24th, 2024

डायमण्ड स्टार फिल्मस् ईन्टरटेन्मेन्टको व्यानरमा निर्माण भइरहेको नेपाली फिल्म ‘द वीनर’को छायांकन अब अष्ट्रेलियामा हुने भएको छ । केही महिना अगाडीसुरु भएको यो चलचित्र काठमाडौ र भारतको राजस्थानपछि बाकी छायांकन सकाउन अष्ट्रेलिया जान लागेको हो ।

चलचित्रको अहिले साठी प्रतिसत छायांकन सकिएको र बाकी चालिस प्रतिसत काम सकाउन अष्ट्रेलिया जाने तयारी भइरहेको निर्देशक हिक्मत बिष्टले बताए । अष्ट्रेलियामा चलचित्रको एक गीतकासाथै चालिस प्रतिसत सिनको पनि छायांकन गरिने निर्देशक बिष्टले जानकारी दिए । निर्देशक बिष्टको यो डेब्यु चलचित्र हो ।

malina joshi

महेश मान श्रेष्ठ, मन्चिन शाक्य, पुर्व मिस नेपाल मलिना जोसी, राजकुमार पन्त, रोयल मास्के, उत्तम बिष्ट,रमेश गुरुङ, एलेक्स खड्का ,अमित गिरीलगायतको अभिनय चलचित्रमा रहने भएको छ । चलचित्रमा रितेश राणा, राजेश जोशी र सुबोध ठकुरीले लगानी गरेका छन् । तिन गीत रहने चलचित्रको एक गीत भारतको राजस्थान र अर्को गीत नेपालमै छायांकन भइसकेको छ ।

सोल्टी होटल, गोकण रिसोर्ट, सिभील महललगायत नेपालका अधिकाम्स रिच ९महगा० मानिने लोकेशनमा छायांकन भएको यो चलचित्रमा हिमाल केसीको द्वन्द्व रहने छ । डाइमन स्टार फिल्मस् प्रालिको ब्यानरमा बन्न लागेको द वीनरमा कबिराज गहतराजको नृत्य, पुरुषोतम प्रधानको छायांकान समेटिनेछ । चलचित्रका गीत अमित श्रेष्ठको संगीतमा तयार भएका छन् ।

%d bloggers like this: