Fri. Mar 29th, 2024

सुदुरपश्चिमबाट फिल्म ‘देव देवकी’ को निर्माण थालिएको छ । सोमबार कैलालीमा पत्रकार सम्मेलनको आयोजना गर्दै फिल्म ‘देव देवकी’को औपचारिक घोषणा गरेको हो । श्री मिडिया सर्च एण्ड मुभी मेकर प्रा.लि.को निर्माणमा बन्न लागेको चलचित्र ‘देव-देवकी’को निर्देशन माधव खरेलले गर्ने छन् । धनी केटी र गरीब केटाबीचको कथावस्तुमा तयार हुन लागेको चलचित्रको छायाँनक धेरैजसो सुदूरपश्चिमको क्षेत्रमा गरिन लागेको बताइएको छ ।

Dev-devaki

चलचित्रमा श्रीदेव भट्टराई, सानिया खान, मोतिराम जैसी, एनआर घिमिरे, धनराज चौधरी, केशव सापकोटा, गंगा भुजेललगायतका कलाकारहरुको मुख्य भुमिका रहने छ । मंगलबारबाट कैलालीको चिसापानीमा छायाँकन शुरू गरिने निर्देशक माधवराज खरेलले जानकारी दिए । फिल्म प्रेमकथामा आधारित रहने निर्माण यूनिटले जानकारी दिएको छ । पहिलो महिला द्धन्द निर्देशकको रूपमा किरण दाहालले द्धन्द निर्देशन गर्दैछिन् । फिल्ममा जनक अधिकारीको छयांकन, किरण दहालको द्धन्द, रपेश उप्रतिको नृत्य तथा सन्तोष श्रेष्ठ, दुर्गा दहाल र अनिल बिरहीको सँगीत रहनेछ ।

%d bloggers like this: