Sat. Apr 20th, 2024

amir

बलिउडका सुपरस्टार आमिर खानको चर्चा यति बेला भारतमा मात्र नभएर संसार भर छ किनकी उनले अभिनय गरेको चलचित्र पिकेले बलिउड इतिहासमै सबैभन्दा धेरै कमाउने चलचित्रको रुपमा नाम लेखाएको छ । पिकेको अपार सफलतापछि हाल अरु कुनैपनि चलचित्रको छायांकनमा व्यस्त नरहेका आमिर आजकाल पुरा समय आफ्ना परिवारलाई दिइरहेका छन् । लगातार सफल चलचित्रमा अभिनय गरेका आमिर घरव्यवहारमा पनि  ‘पर्फेक्ट’  मानिन्छन् । उनी आफ्नो छोरा आजिदको लागि झन जिम्मेवार भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।  समाचारमा जनाइए अनुसार आमिर हरेक दिन छोरालाई स्कुलमा छोड्न जान्छन र छुट्टी भएपछि उनलाई लिन पनि जान्छन्।

%d bloggers like this: