Thu. Apr 25th, 2024

चलचित्र देउताको फागुन १० गते आईतबार दिल्लीमा विषेश शो आयोजना गरिने भएको छ । देउताको दिल्लीमा केही अंश छायाँकन भएको पनि चलचित्रको विषेश शो दिल्लीमा गरिन लागेको निर्माणपक्षले जानकारी दिएको छ ।

भोजपुरी गायक श्याम मिश्रले पहिलो पटक नायकमा डेब्यु गरेको चलचित्र देउतामा अन्य कलाकारहरुमा पुस्कर राउत, मोहन के.सी., जोशना भट्ट, बालदिप राई, रामचन्द्र अधिकारी, मन्जु श्रेष्ठ, देशभक्त खनाल, राजेन्द्र वस्नेत, उमेश खड्का, पदम गाहा, सुरवीर पण्डित, आदिको मुख्यभूमिका रहको देउताका प्रस्तुतकर्ता पदम गाहा हुन भने निर्मातामा प्रेम विक, गगन रजाली रहेका छन् ।

यसमा व्दन्व्द हिमाल केसी, नृत्य दिनेश पाख्रिन र कविराजको रहेकोछ । उत्तरगया फिल्मस् प्रालिको प्रस्तुती रहेको चलचित्रलाई रामभक्त श्रेष्ठको निर्देशन गरेका हुन् । देउताले दैविक शक्तिको महत्वबारे उजागर गर्नुका साथै समसामयिक प्रेमकथालाई चलचित्रले उठान गरेको छ ।

%d bloggers like this: