Thu. Apr 25th, 2024

केहि दिन देखी काठमाडौंका कलेज कलेजमा गएर चलचित्रको प्रोमो नै मञ्चन गरिरहेको चलचित्र ‘होस्टेल रिटर्न्स’ यूनिटले अब सांगीतिक कन्सर्टमा पनि आफ्नो उपस्थिती जनाउने भएको छ । बिटुएच इभेन्टले फागुन २ गते हेटौडा, ५ गते चितवनको नारायणी नदी किनार र ७ गते बुटवलमा आयोजना गर्न लागेको ‘यात्रा २०१५’ नामक कन्सर्टमा ‘होस्टेल रिटर्न्स’ यूनिटले सहकार्य गर्ने भएको छ । उक्त सांगीतिक कार्यक्रममा चितवनको द स्याडोज ब्याण्ड, लाउरे, रक एन रोल ब्यान्ड, रबिन तामाङको ब्यान्ड सहित विभिन्न कलाकारहरुले प्रस्तुती दिने तयारी गरेका छन् ।

hostel 2

उक्त कन्सर्टमा चलचित्रको लाइभ प्रोमोसगैं चलचित्रको प्रचार प्रसार गरिने निर्माता सुनिल रावलले जानकारी दिए । केहि दिन अगाडी मात्र राजधानीमा सम्पन्न भएको प्रविधि मेला क्यान इन्फोटेकमा चलचित्रको प्रचार प्रसार मात्र नभएर चलचित्रको लाइभ प्रोमो नै प्रस्तुत गरेको थियो । होस्टेलमा बस्ने यूवायूवतीको प्रेम, मस्ती, बियोग, पीडालाई समेटेर तयार पारिएको यो चलचित्र वैशाख २५ गतेबाट चल्दैछ । सुरज भुषालले निर्देशन गरेको यो चलचित्रमा सुशिल श्रेष्ठ, शशी श्रेष्ठ, नाजिर हुसेन, सुधाम सिके, अभय बराल, स्वस्तिमा खड्काको मुख्य भूमिका छ । यो सफल चलचित्र ‘होस्टेल’को सिक्वेल हो । चलचित्रलाई सुनिल रावलले निर्माण गरेका हुन् ।

%d bloggers like this: