Thu. Apr 25th, 2024

गायिका रेखा शाहले आफ्नो जन्मदिनको अवसरमा केक काट्दै ‘सिमसिमे पानीमा’ बोलको रिमेक भर्सन सार्वजनिक गरेकी छिन् । वि.सं २०४९ सालमा रेडियो नेपालको देशव्यापी लोकगीत प्रतियोगीतामा रेखाले यही गीतबाट प्रथम स्थान हाँसिल गरेकी थिइन् । यो गीतमा उनकै शब्द र लय पनि छ । उनले २१ बर्षपछि यो गीतको रि-रेकडिङ गरेर नयाँ भिडियो पनि तयार पारेकी हुन् । अहिलेसम्म अडियोमा मात्रै रहेको यस गीतलाई उनले रि-रेकर्ड गरेर म्युजिक भिडियोसहित बजारमा ल्याएकी छन् ।

rekha-shaha-birthday

राजधानीमा शनिबार कान्तिपुर साप्ताहिकका सम्पादक सुवास ढकालले उनको म्युजिक भिडियो सार्वजनिक गरे। संगीतकार बुलु मुकारुङले म्युजिक भिडियोमाथि प्रकाश पारे। म्युजिक भिडियोमा रेखा र अमीर शेखले अभिनय गरेका छन्। नीतिन चन्दको निर्देशन, छायांकन र सम्पादन गरेका हुन्। लोक गीतको एकल एल्बम ननिकाले पनि रेखाले ‘मैना चरीलाई’…, ‘साली भेना’…, ‘बेली र चमेली’…, ‘सइँको घर’… लगायत लोकगीत गाएकी छन्। आधुनिक एवं पप एल्बम ‘द लाइन’, ‘स्मृति’, ‘आकृति’ र ‘नजिक छौ तिमी’ ल्याइसकेकी छन्।

%d bloggers like this: