Fri. Dec 8th, 2023

हलिउडकी एक नायिका एन्जेलिना जोली खासै विवादमा नआउने नायिकाको रुपमा चिनिन्छन् त्यसैले होला उनी बच्चा देखी वृद्धसम्मकी सुपरिचित नायिकाको रुपमा चिनिन्छन् । उनी बेला बेलामा आफ्ना लागी मात्र नभएर देशबासी देखी अन्यदेशका बासिन्दाको समेत चिन्ता गर्ने गर्छिन । त्यहि क्रममा एन्जेलिना जोलीले सिरिया र इराकमा बयान गर्नै नसकिने क्रूरता झेलिरहेका शरणार्थीको बारेमा केही कदम उठाउने अन्तर्राष्ट्रिय समुदायलाई बताएकी छन्।

"Maleficent" Premiere - Los Angeles

गत साता इराकस्थित एक शरणार्थी शिविरमा पुगेर फर्केपछि न्युयोर्क टाइम्सको विचार पृष्ठमा एउटा लेख लेख्दै उनले यस्तो विचार सार्वजनिक गरेकी हुन्। जोली संयुक्त राष्ट्रसंघको शरणार्थी उच्चायुक्तको राजदूतका रूपमा यौनहिंसा रोकथाम पहलमा पनि काम गर्दै आएकी छन्। पहिलेदेखि नै यस्ता शिविरमा पुग्ने गरेकी जोली शरणार्थीको सहयोगमा भरपुर प्रयास गर्दै आएकी छन्। उनको मानवीय मन र सहयोगका लागि पहलको विश्वमै प्रशंसा हुने गरेको छ।

%d bloggers like this: